२५ असार २०८३, बिहीबार

कांग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

कांग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँं वर्षगाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ । 

सो अवसरमा बिपी कोइराला र माओत्से तुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्