०७ असार २०८३, आइतबार

जब ओलीले माधव नेपाललाई सुटुक्क बालुवाटार बोलाए ...

साउन १४, २०७७
जब ओलीले माधव नेपाललाई सुटुक्क बालुवाटार बोलाए ...

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् ।

उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए ।

‘कुनै पदका लागि मेरो लडाइँ हैन, पार्टीको विचार र पद्धतिलाई राम्रो बनाउन र पार्टीमा संस्कार र संस्कृतिको विकासका लागि म लडिरहेको छु,’ नेपालले भने, ‘पार्टी र सरकार दुवैले जनताको मन जित्नुपर्छ ।’
नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको बताएका छन् । ‘९ गते राति मलाई प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाउनुभएको थियो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन,’ उनले भने, ‘त्यो बैठकमा उहाँलाई मैले २०७५ जेठ २ गतेको सहमतिअनुसार सरकार छाड्नुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाऔं भनें, उहाँले सम्भव छैन भन्नुभयो । पार्टी अध्यक्षबाट छोड्नुस् भनें, त्यो पनि सम्भव छैन भन्नुभयो । मैले तपाईंले भनेझैं मंसिरमा पार्टी महाधिवेशन गर्न सम्भव छैन भनेको हुँ तर मलाई अध्यक्ष बनाउन ग्यारेन्टी गर्नुस् भनेको हैन ।’

यसअघि ओली पक्षीय नेताहरूले दाहाल र नेपालबीच भएको भेटमा महाधिवेशनबाट नेपाललाई अध्यक्ष बनाउन ओलीले सघाउने र ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीमा नेपालले सघाउने विषयमा छलफल भएको बताएका थिए तर नेपालका अनुसार उक्त बैठकमा पनि उनले मंसिरमा महाधिवेशन सम्भव नहुने तर्क राखेका थिए ।

‘म मेरो प्रस्तावमा बालुवाटार गएको हैन, केपी ओली आफैंले कसैलाई नभन्नु भन्दै बोलाउनुभएको थियो, मैले त्यतिखेरै षड्यन्त्रको गन्ध पाइसकेपछि प्रचण्ड कमरेडलाई मलाई बोलाउनुभएको छ, म जाँदैछु भनिदिएँ,’ नेपालले भने, ‘भोलिपल्ट उहाँले प्रचण्ड नजिकको एक जनालाई तपाईं माधव नेपाललाई किन विश्वास गर्नुहुन्छ ? उहाँ सुटुक्क यहाँ आउनुभएको थियो भन्नुभएछ । म बुर्का र मास्क लगाएर गएको होइन, सुटुक्कै गएको पनि होइन ।’

ओली पक्षीय नेताहरूले ओली प्रधानमन्त्री रहँदासम्म महाधिवेशन हुन नदिने भनिरहेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्