
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण बुधवार बिहानदेखि अवरुद्ध भएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडकभन्दा माथिको डाँडाबाट ढुंगा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटोमै रोकिएका छन् ।