०९ साउन २०८३, शनिबार

चीन र पाकिस्तानसँग लड्नका लागि भारतले ल्यायो राफेल लडाकू विमान

साउन १४, २०७७
चीन र पाकिस्तानसँग लड्नका लागि भारतले ल्यायो राफेल लडाकू विमान

भारतीय वायुसेनाले चीन र पाकिस्तानसँग लड्नका लागि फ्रान्सबाट राफेल लडाकू विमान ल्याएको छ । 

राफेल विमानहरू आएपछि भारतीय वायुसेनाको क्षमता बढ्ने बताइएको छ । 

विमानहरू अम्बाला एयरबेसमा ओर्लिनेछन् । त्यहाँबाट भारत र पाकिस्तानको सीमा जम्मा २०० किलोमिटर पर छ । 

विशेषज्ञहरूका अनुसार, राफेल विमान अम्बालाबाट जम्मा २० मिनेटमा पाकिस्तान पुगेर इस्लामाबादमा आक्रमण गर्न सक्छ । 

राफेल विमानमा दुश्मनलाई ध्वस्त पार्ने हतियारहरू छन् । पाकिस्तानसँग राफेलको बराबरी गर्ने विमान नभएको बताइन्छ । उससँग एफ–१६ विमान छ र एक राफेलले दुईपटा एफ–१६ को बराबरी गर्ने बताइएको छ । 

भारतसँग मिग–२९, मिराज, सुखोइ–३० जस्ता लडाकू विमान छन् । तर राफेल ती सबैभन्दा विकसित लडाकू विमान हो जसले लक्ष्यलाई सजिलै भेदन गर्न सक्छ र छिमेकी देशहरूमा एयरस्ट्राइक गर्न सक्छ । 

भारतले सन् २०१६ मा फ्रान्सेली एयरोस्पेस कम्पनी दसल्ट एभिएसनसँग ३६ वटा राफेल लडाकू विमान किन्नका लागि ५९ हजार करोड भारुको सम्झौता गरेको थियो । ३६ मध्ये ३० लडाकू विमान अनि ६ वटा प्रशिक्षक विमान हुन् । 

यी विमानहरूलाई बुधवार भारतीय वायुसेनाको स्क्वाड्रन नम्बर १७ मा समावेश गरिनेछ । औपचारिक रूपमा भारतीय वायुसेनामा यी विमानहरूलाई संलग्न गर्नका लागि अगस्टको मध्यतिर एक समारोह आयोजना गरिन सक्छ । 

salt training

कमेन्ट गर्नुहोस्