
मोरङ प्रहरीले आइस नामक लागुऔषध घरमा राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सुन्दरहरैंचा नगरपालिका–८ का रामप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।
उक्त लागू औषध करिब ५३० ग्राम रहेको उनले बताए।
पक्राउ परेका पोखरेलले यो लागुऔषध भारतबाट मगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।