
भारतको अयोध्यामा राम मन्दिर निर्माणको तयारी पूरा भएको छ।
५ अगस्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गर्ने कार्यक्रम छ।
भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार राम मन्दिरलाई अझै भव्य बनाउँदैछ।
राम मन्दिरको निर्माणबाट अयोध्या धार्मिक(सांस्कृतिक राजधानीको रुपमा परिचित हुने दाबीसहितको रिपोर्ट आजतकले लेखेको छ।
राम मन्दिर तीन मन्जिलको रहने र मन्दिरको उचाइ १६१ फिट, चौडाइ २३५ फिट र लम्बाइ ३६० फिटको रहने बताइएको छ।
मन्दिरको मूल ढोका भने पुरातात्विक हिसाबबाट नै बनाइने छ।
मन्दिरमा तीन नयाँ शिखर हुनेछन्। जसमा दुई शिखर साइडबाट हुनेछन् भने एउटा अगाडिबाट। योसँगै मन्दिरमा अब कुल पाँच शिखर हुनेछन्।
यो मन्दिरका कुल खम्बा ३१८ रहनेछन्, भने हरेक तलामा १०६ खम्बा रहेछन्। मन्दिर जमिनभन्दा १७ फिट उचाइमा बन्नेछ। दोस्रो तलामा राम दरबार रहनेछ।
करीब ६९ एकड जमिनमा बन्ने यो मन्दिर विश्वकै लागि ऐतिहासिक हुने दाबी गरिएको छ।