२५ असार २०८३, बिहीबार

रुसी सेना विशेषज्ञको दाबी, अमेरिकी तटरेखामा परमाणु बम राख्दैछ रुस

कात्तिक २०, २०७४
रुसी सेना विशेषज्ञको दाबी, अमेरिकी तटरेखामा परमाणु बम राख्दैछ रुस

काठमाडौं, १९ वैशाख — रुसी सेनाका एक पूर्वकर्नेल तथा सेना विशेषज्ञ भिक्टोर बरानेत्जले अमेरिकी तटीय जमीनमुनि रुसले परमाणु हतियार बिछ्याएको सनसनीपूर्ण दाबी गरेका छन् ।


रुसी पत्रिका कोम्सोमोल्स्काया प्राव्दालाई अन्तर्वार्ता दिँदै भिक्टोरले युद्धको स्थितिमा यी बम विस्फोट गरेर सुनामी ल्याउन सकिने अनि अमेरिकाको तटीय इलाकामा नोक्सानी पुग्ने बताए ।

रुसले रक्षा क्षेत्रमा अमेरिकाभन्दा बढी खर्च गर्न नसक्ने स्वीकार गर्दै उनले अमेरिकालाई मात दिनका लागि आणविक क्षेप्यास्त्रहरू तयार पारेको बताए । हावामा विस्फोट गर्न सकिने यी क्षेप्यास्त्रहरूले पु–याउने क्षतिको अनुमान गर्न नसकिने समेत उनी बताउँछन् ।

रुस र अमेरिकाका बीच युद्ध भएमा दुवै देश बर्बाद हुने उनको दाबी छ । ‘अमेरिकाको कार्यप्रणालीलाई प्रभावित गर्ने परमाणु बम हामीहरूसँग छ र उसका कुनै पनि कम्प्युटरले हाम्रो बम पत्ता लगाउन सक्दैनन्,’ उनले भने ।

कोरियाली प्रायद्वीपमा संकट बढ्दै जाँदा अमेरिकाको आक्रामक बयानहरू आएका छन् । तर रुस र चीनले कुनै पनि गलत कदमको भयानक परिणाम हुन सक्ने चेतावनी अमेरिकालाई दिएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्