१२ असार २०८३, शुक्रबार

कोरोना महामारीका बीच खुल्दै होटल, पुन: जुर्मुराउँदै पर्यटन

साउन १५, २०७७
कोरोना महामारीका बीच खुल्दै होटल, पुन: जुर्मुराउँदै पर्यटन
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उनले भने,यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ ।
बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।

यद्यपि साना र मध्यमस्तरका होटलले भने सेवा दिन सक्ने अवस्था रहेको शाहको भनाइ छ । उहाँका अनुसार यो अवस्थामा स्वास्थ्य प्राथमिकतामा रहेकाले सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सेवा सञ्चालन गर्न आफ्ना सदस्य होटलहरूलाई हानले जानकारी गराएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि स्वास्थ्य ‘प्रोटोकल’ सार्वजनिक पनि गरिसकेको छ । साउन १५ गतेदेखि होटल सञ्चालनमा अनुमति दिए पनि यसअघि कतिपय होटल सञ्चालनमा आइसकेका छन् ।

खासगरी विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीलाई क्वारेन्टाइन स्थलका रूपमा सरकारले तोकेका होटल सञ्चालनमाआएका थिए ।

यसबाहेक काठमाडौँ उपत्यकाभित्रका केही पाँचतारे होटल पनि यसबीचमा खुला रहे । साउन १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भएपछि सहरी क्षेत्रका रेस्टुरेन्ट पनि सञ्चालनमा छन् । कतिपय रेस्टुरेन्टले पूर्ण रूपमा नै सेवा उपलब्ध गराइरहेका छन् भने कतिपयले बसेर खान नपाउने तर लैजान सकिने ‘टेक अवे’ सेवा दिइरहेका छन् । गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्