०३ असार २०८३, बुधबार

देशका प्रमुख शहरमा यी हुन् मेयरका उम्मेदवार, कस्ले मार्ला बाजी ?

कात्तिक २०, २०७४
देशका प्रमुख शहरमा यी हुन्  मेयरका उम्मेदवार, कस्ले मार्ला बाजी ?

काठमाडौं १९ वैशाख– ११ दिनपछि (३१ वैशाख)मा हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ३, ४ र ६ मा उम्मेदवारी मनोनय भएको छ । काठमाडौं, ललितपुर, पोखरा लेखनाथ र भरतपुर महानगरपालिकामा प्रमुख दलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्ता छन प्रमुख दलका उम्मेदवारः



काठमाडौं महानगरपालिकामा काँग्रेसबाट मयेरमा राजुराज जोशी र उपमेयर– हरिप्रभा खड्गी उम्मेदवार बनेका छन् । एमालेबाट मयेरमा– विद्यासुन्दर शाक्य र उपमेयर– राजाराम श्रेष्ठ (राप्रपा) माओवादी केन्द्रका तर्फबाट मयेरमा– सर्वोत्तम डंगोल उपमेयर–सुशीला पौडेल छन् ।

ललितपुर महानगरपालिकामा काँग्रेसका तर्फबाट मयेरमा– चिरीबाबु महर्जन तथा उपमेयरमा– गीता सत्यालले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट मयेरमा– हरिकृष्ण व्यञ्जनकार उपमेयर –सुकुमाया तामाङ, माओवादी केन्द्रका तर्फबाट मयेर– दिनेश महर्जन उपमेयर–हसिना शाक्यले उम्मेदवारी दिएका छन् ।



पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेसबाट मयेर– रामजी कुँवर र उपमेयर –सरस्वती गुरुङको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट मयेरमा –मानबहादुर जिसी उपमेयर–मञ्जु गुरुङ, माओवादी केन्द्रबाट मेयरमा –बिश्वप्रकाश लामिछाने उपमेयरमा गोमा ढकालले उम्मेदवारी दिएका छन् । राप्रपाबाट मेयर– गीता गुरूङ उपमेयर –रमेश खत्रीले उम्मेदवारी दिएका छन् ।



भरतपुर महानगरपालिकामा काँग्रेसका तर्फबाट मयेरमा– दिनेश कोइराला र उपमेयर– पार्वती शाह, एमालेबाट मयेरमा– देवी ज्ञवाली र उपमेयर– दिव्य शर्माले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका तर्फबाटबाट मयेरमा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् । राप्रपाका तर्फबाट मेयरमा–बद्री तिमल्सिना र उपमेयरमा रिना गुरुङले उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्