०५ साउन २०८३, मंगलबार

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा शुभारम्भ

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा शुभारम्भ

नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको शुरूवात गरेको छ । 

मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमाफर्mत ग्राहकहरुले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउनेछ । 

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहक  महानुभावले चेक/एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आºनो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर ब्ांैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आºनो खाताबाट रकम झिक्न सक्नुहुनेछ ।”

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्पmत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्पmत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा  प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

 नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्