२२ असार २०८३, सोमबार

जर्मनीले रुसबाट ग्यास आयात गर्ने भएकाले उसलाई सुरक्षा नदिने ट्रम्पको घोषणा

साउन १५, २०७७
जर्मनीले रुसबाट ग्यास आयात गर्ने भएकाले उसलाई सुरक्षा नदिने ट्रम्पको घोषणा

जर्मनीले रुसबाट ग्यास आयात गरिरहेको भन्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीबाट १२ हजार सैनिक फिर्ता बोलाउने निर्णयको प्रतिरक्षा गरेका छन् । वाशिङटनले ग्यास आयातलाई रोक्न विभिन्न प्रयास गरिरहेको छ । 

‘जर्मनीले रुसलाई ऊर्जाका लागि वर्षको अर्बौं डलर दिन्छ अनि हामीले जर्मनीलाई रुसबाट सुरक्षा दिनुपर्ने रे । के हो ताल ?’ ट्रम्पले ट्वीट गरे । 

रक्षामन्त्री मार्क एस्परले जर्मनीबाट ११ हजार ९०० अमेरिकी सैनिक निस्कने भनी जानकारी दिएको केही समयपछि नै ट्रम्पको ट्वीट आएको हो । शुरूमा ९ हजार ५०० अमेरिकी सैनिक फिर्ता बोलाउने कुरा भएको थियो । 
 

नाटोमा आर्थिक योगदान दिने विषयमा ट्रम्पले पहिलेदेखि किचकिच गर्र्दै आएका छन् । उक्त सैन्य गठबन्धनको खर्च बेहोर्न जर्मनीले आनाकानी गरिरहेको ट्रम्पको आरोप छ । 

जर्मनी नाटोलाई २ प्रतिशत रकम तिर्न पनि आनाकानी गर्छ । त्यसैले हामी जर्मनीबाट सैनिक फिर्ता बोलाउँदैछौं,’ ट्रम्पले थपे । 

बुधवार जारी गरेको वक्तव्यमा एस्परले ६४ सय जति अमेरिकी सैनिकहरू अमेरिका फर्किने र ५६ सय जति अन्य युरोपेली मुलुकहरूमा तैनाथ गरिने बताए । 

त्यति गर्दा पनि जर्मनीमा २४ हजार अमेरिकी सैनिकहरू रहनेछन् । 
 

ट्रम्पविरोधीहरूले यसरी सैनिक हटाएर ७५ वर्षको साझेदारीलाई विना कारण भत्काइएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्