
हालैका दिनमा भारतका राजनीतिक विश्लेषक र मिडियाले चीनसँग भारतको सम्बन्धमा परिवर्तन आउनैपर्ने बताएका छन् । चीनले सीमा परिवर्तन गर्न खोजेको र दुई देशले सन् १९९३ पछि गरेका द्विपक्षीय सम्झौतालाई सम्मान गर्नुपर्ने उनीहरूको भनाइ छ ।
तर चीनले सीमा परिवर्तन गरेको भन्ने भारतको दृष्टिकोण तथ्यविपरीत छ । जुन १५ मा भारतीय सैनिकहरूले गलवान उपत्यकामा हताहती बेहोरे । सीमामा खटिएका सैनिकहरूले नै वास्तविक नियन्त्रण रेखालाई अवैध पमा पार गरेका थिए ।
भिडन्तका लागि भारतीय सैनिकहरूले नै पूर्ण जिम्मेवारी लिनुपर्छ ।
यस वर्ष भारतीय र चिनियाँ सैनिकहरूबीच भएका द्वन्द्व पनि भारतको कारणले नै भएको हो । उसका सैनिकहरूले गलवान उपत्यकामा रहेको वास्तविक नियन्त्रण रेखामा सडक र पुलहरू बनाइरहेका छन् । भारतीय पक्षले नै यथास्थितिलाई परिवर्तन गर्न खोजेको हो ।
चीन–भारत सीमा तनाव हालैका दिनमा मत्थर भएका छन् । तैपनि केही भारतीयहरू किन दुई देशको सम्बन्धमा परिवर्तन ल्याउनुपर्ने भन्दैछन् ?
भारतीय अधिकारी अनि भारतीय मिडियाले गलवान उपत्यकामा भएको भिडन्तको सत्य कथा स्पष्ट रूपमा बताएका छैनन् । अधिकांश भारतीयहरूले भिडन्तको सही बुझाइ राखेकै छैनन् र उनीहरूमा चीनविरोधी भावना प्रबल छ ।
भारतले जुन १५ को घटनाको धेरै हताहती बेहोरेपछि भारतीय राजनीतिकर्मी, जनता र विद्वानहरू भारतले ठूलो क्षति बेहोरेको विश्वास गरेका छन् र त्यसलाई सहन सकेका छैनन् ।
भारतले पाकिस्तान जस्ता अन्य दक्षिण एसियाली मुलुकसँगको द्वन्द्वमा प्रतिशोधात्मक सैन्य उपाय अपनाउने गरेको छ ।
तर प्रतिद्वन्द्वी चीन हुँदा चाहिँ भारतले फरक तरिका अपनाउने गरेको छ । भारतलाई चीनको तुलनामा आफू कमजोर रहेको थाहा छ अनि व्यापक सैन्य भिडन्त गर्दाको गम्भीर दुष्परिणामका बारेमा उसलाई थाहा छ ।
त्यसैले गलवान उपत्यका भिडन्तलाई सम्बोधन गर्न भारतले सैन्य उपाय अपनाउन सक्दैन । यसले झन् भारतीयहरूमा चीनविरोधी भावना उत्पन्न गरेको छ ।
भारत उदीयमान शक्ति हो र भारतीय राष्ट्रवाद अहिले चर्किरहेको छ । अनि भारतीय मिडियाले आगोमा घ्यू थप्ने काम गरिरहेका छन् । त्यसैले गर्दा पनि केही भारतीयहरूले चीन–भारत सम्बन्धलाई परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
अहिले चीन–भारत सीमा विवादले भारतको चीन रणनीतिलाई असर पारेको छ । यसले द्विपक्षीय सम्बन्धमा रहेको सकारात्मक आयाम भत्काएको छ ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले हालै एक भाषण दिँदै चीनलाई परिवर्तन गर्न ‘स्वतन्त्र विश्व’ एकजुट हुनुपर्ने बताएका थिए । नयाँ दिल्ली अहिले वासिङ्टनको हिन्द–प्रशान्त रणनीतिको महत्त्वपूर्ण हिस्सा हो ।
चीन र भारतबीच सीमामा तनाव हुँदा अमेरिकालाई चीन घेर्नका लागि भारतलाई फकाउन अवसर प्राप्त भएको छ ।
अमेरिकाले चीन र भारतबीच कटुता चर्काउन गरेको प्रयासले सीमा विवाद सुल्झाउन तथा चीन–भारत सम्बन्ध सुधार्न दिँदैन ।
ग्लोबल टाइम्समा प्रकाशित चियान फेङको विश्लेषण