
साइबेरियाली बाघहरूको बथानले शिकारका लागि एउटा चरालाई लखेटेको अद्भुत तस्वीरहरू प्रकाशन भएका छन् ।
यी अविश्वसनीय तस्वीरहरूमा खतरनाक बाघहरूले हावामा उफ्रेर चरामा पञ्जा गाडेको देखिन्छ ।
तस्वीरहरू बुधवार विश्व बाघ दिवसमा खिचिएका हुन् ।
ती साइबेरियाली बाघहरू चीनको हार्बिनमा रहेको हेङदाओहेजी फिलाइन ब्रीडिङ सेन्टरमा बस्छन् ।
त्यो संसारको सबभन्दा ठूलो साइबेरियाली बाघ प्रजनन केन्द्र हो । त्यहाँ एक हजारभन्दा बढी बाघ छन् ।
साइबेरियाली बाघहरू रुसको सुदूरपूर्वी भाग र उत्तरपूर्वी चीनमा बस्छन् । उनीहरू संकटापन्न प्रजाति हुन् ।




