
मनाङ ङिस्याङ गाउँपालिका–४ भ्राकाका दुई वृद्धवृद्धालाई उच्च रक्तचाप भएकाले उद्धार गरी काठमाडौं लगिँदै । बाढीपहिरोले सडक अवरुद्ध भएपछि हेलिकप्टर चार्टर गर्न मानिस बाध्य छन्। एक पटक हेलीचार्टर गर्दा रु दुई लाखदेखि दुई लाख ५० हजार लाग्छ । भ्राकाबाट बिरामी लिएर उडेको हेली खराब मौसम कारण चामेमा अवतरण गरिएको र मौसम सामान्य भएपछि काठमाडौं उडेको हो । तस्वीर : नवीन लामिछाने/रासस