१९ असार २०८३, शुक्रबार

साँझ ७ देखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा राेक

साँझ ७ देखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा राेक

गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गरेकाहरुकाे स्वाब परीक्षण गर्दा केहीमा कोरोना संक्रमण देखिएपछि गृहले बिहीबार सूचना जारी गरेर अर्काे आदेश नहुन्जेलसम्मका लागि अत्याआवश्यक सेवा र ढुवानीका साधन बाहेक बिहीबार देखि हरेक दिन साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावतमा पनि रोक लगाएको जनाएको छ।

अब रातिको समयमा नाकामा यात्रुको आवागमन हुन दिइने छैन।
 

त्यसैगरी काठमाडाैं उपत्यका बाहेकका जिल्लामा अतिआवश्यक बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएकाे छ। र, बिना पास अन्तरजिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न पनि भनिएकाे छ।

salt training

कमेन्ट गर्नुहोस्