२९ असार २०८३, सोमबार

छिमेकीलाई चिढ्याउने होइन, मित्रवत व्यवहार देखाउनुपर्छ- पूर्वप्रम भट्टराई

साउन १५, २०७७
छिमेकीलाई चिढ्याउने होइन, मित्रवत व्यवहार देखाउनुपर्छ- पूर्वप्रम भट्टराई
फाइल फोटो।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।

 सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए। भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले छिमेकीलाई चिढ्याएर होइन, उनीहरुसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए। 

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढङ्गले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए।
 

salt training

कमेन्ट गर्नुहोस्