२३ असार २०८३, मंगलबार

अमेरिकी राष्ट्रपतिका पूर्वउम्मेदवारको कोरोनाबाट मृत्यु

साउन १५, २०७७
अमेरिकी राष्ट्रपतिका पूर्वउम्मेदवारको कोरोनाबाट मृत्यु

सन् २०१२ मा अमेरिकी राष्ट्रपतिका उम्मेदवार बनेका हर्मन केनको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।

७४ वर्षीय हर्मन १ जुलाईमा अस्पताल भर्ना भएकोमा कोरोना संक्रमणका कारण ज्यान गएको बिबिसीले उल्लेख गरेको छ।

उनी अचेल पनि रेडियो र टेलिभिजन कार्यक्रमको होस्ट गर्दथे।

सन् २०१२ मा उनले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए।

त्यसअघि उनी गडफादर्स पिज्जाका सीईओ थिए।

२०१९ मा उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्व बोर्डमा बस्न आग्रह गरेका थिए।  

salt training

कमेन्ट गर्नुहोस्