२१ असार २०८३, आइतबार

कोरोना फैलिएपछि विराटनगरमा पुनः २ साता लकडाउन, घरबाट निस्किन नदिइने

कोरोना फैलिएपछि विराटनगरमा पुनः २ साता लकडाउन, घरबाट निस्किन नदिइने
फाइल फोटो

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिएपछि मोरङको विराटनगरमा २ साताका लागि लकडाउन घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको म्यान्डेडअनुसार विराटनगर महानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले लोकान्तरलाई जानकारी दिए ।

‘विगत ४/५ दिनदेखि कोरोना संक्रमण एकदमै फैलिएको र समुदायमा जाने खतरा देखिएकाले आजदेखि २ हप्ताका लागि कम्प्लिट्ली लकडाउन गर्ने निर्णय भएको छ,’ उनले लोकान्तरसँग भने ।

लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने भन्दै उनले घरबाट बाहिर निस्किए संक्रामक रोग नियन्त्रणसम्बन्धी ऐनअनुसार कारवाही गरिने बताए ।

‘सीसीएमसीको म्यान्डेडअनुसार सीडीयो’सापसहित बैठक बसेर यस्तो निर्णय भएको हो, उनले भने लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्छौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्