०८ साउन २०८३, शुक्रबार

काँग्रेसको अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काँग्रेसको अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । 

सङ्घको आयोजना एवं व्यवस्थापनमा समितिको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पँहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो । छलफलमा सहभागीले महामारीका समयमा अत्यावश्यक औषधिको खरिद, व्यवस्थापनमा देखिएको  उदासिनता र अनियमिततातर्फ सबैले खबरदारी गर्नुपर्ने बिषयमा जोड दिनुभएको थियो । 

कार्यक्रममा समिति संयोजक एवं सहमहामन्त्री डा महतले स्वास्थ्य सामग्रीमा भएको अनियमितताको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गर्नुभयो । उहाँले जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै  सरकारलाई खबरदारी गर्न अपिल गर्नुभयो । 

कार्यक्रममा समितिका सदस्य एनपी साउद, डा प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी सङ्घका पदाधिकारी एवं प्रतिनिधिको सहभागिता थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्