२५ असार २०८३, बिहीबार

म पारदर्शिताको मानक स्थापना गर्न लागेको छु – गोकुल बास्कोटा

म पारदर्शिताको मानक स्थापना गर्न लागेको छु – गोकुल बास्कोटा
फाइल तस्वीर

पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड काभे्रपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए ।

उनले भने, ‘पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।’

पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, ‘जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ ।’

समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए । उनले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएकाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उल्लेख गर्दै राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव रहेको र  त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको बताए ।

उनले मुलुकको तीनखम्बे अर्थनीतिसँगै वैदेशिक सहायता तथा अनुदान पनि सँगसँगै जाने बताए । ‘वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ,’ उनले भने ‘श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।’

सो अवसरमा उनले ढुवानीका साधन प्राप्त गर्ने ६ सहकारीका प्रतिनिधिलाई साँचो हस्तान्तरण गर्नुका साथै जिल्ला सहकारी सङ्घ लिमिटेडद्वारा प्रकाशित सहकारी तथ्याङ्कीय विवरण पुस्तकको विमोचन पनि गरे ।

कार्यक्रममा लिमिटेडका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला सहकारी सङ्घका अध्यक्ष विनोद पराजुली, जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष सुमन नेपाललगायतले विषयगत सहकारीमार्फत कृषकलाई उपलब्ध गराउने यान्त्रिकरणमा सरकारले कर छुट गरि दिनुपर्ने माग गरेका थिए ।

लिमिटेडका सचिव दिलिप शर्माले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत स्थानीय तहमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बजारसम्म पु¥याउन पहिलो चरणमा तीन नगरपालिकाका छ सहकारीलाई गाडी प्रदान गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्