१६ असार २०८३, मंगलबार

ट्रम्प र पुटिनको फोनवार्ता

कात्तिक २०, २०७४
ट्रम्प र पुटिनको फोनवार्ता

वासिङटन, १९ वैशाख - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज टेलिफोन वार्ता गर्नुहुने भएको छ ।trump-putin

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जारी गरेको राष्ट्रपति ट्रम्पको दैनिक कार्यसुचीमा पुटिनसँगको फोनवार्ता पनि उल्लेख रहेको अधिकारीहरुले जनाएका छन् ।

गत महिना सिरियामा अमेरिकाले हवाई आक्रमण गरेपछिको उहाँहरुकाबीचमा पहिलो पटक टेलिफोन वार्ता हुन लागेको हो ।

स्थानीय समयानुसार मङ्गलबार दिउसो १२.३० बजे ट्रम्पले पुटिनलाई फोन गर्नुहुने भएको छ ।

राष्ट्रपति ट्रम्पले गत अप्रिल ६ तारिखका दिन सिरियामा हवाई आक्रमण गर्न आदेश दिनुभएको थियो ।

सिरियाको खान सैखौनमा सिरिया सरकारले रासायनिक हमला गरेपछि त्यसको बदलामा अमेरिकाले पनि हवाई आक्रमण गरेको थियो । त्यसपछि अमेरिका र रुसको सम्वन्ध चिसिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्