
अमेरिकाको न्यूयोर्क शहरमा काेराेना सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने भएकाे छ।
'विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,' न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले शनिबार भनेका छन्।
उनले कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न नसकिने बताएका हुन्।
शैक्षिक सत्र २०२०/२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उनले बताए।