०७ असार २०८३, आइतबार

राजनीति व्यापार भयो, हिजो थोत्रा चप्पल लगाउनेहरूले आज ठूल्ठूला महल बनाए-अध्यक्ष केसी

साउन १७, २०७७
राजनीति व्यापार भयो, हिजो थोत्रा चप्पल लगाउनेहरूले आज ठूल्ठूला महल बनाए-अध्यक्ष केसी
फाइल फोटो।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन्।

उनले भने, 'राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले आज ठूला-ठूला महल बनाए।' 

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले  राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे।

जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे।

उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको संज्ञा दिए। 

salt training

कमेन्ट गर्नुहोस्