
जारी फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकामा आइतबार बिहान भएको खेलमा इक्वेडर र कुराकाओले गोलरहित बराबरी खेलेका छन् ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा पाँच मिनेट अतिरिक्त समय थपिएको थियो । तर थपिएको समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
यसअघि आफ्नो पहिलो खेलमा इक्वेडर आइभरी कोस्टसँग १–० ले पराजित भएको थियो । यता, कुराकाओ भने जर्मनीसँग ७–१ को फराकिलो अन्तरले हार बेहोरेको थियो ।
यही विश्वकपमा डेब्यु गरेको कुराकाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाए पनि कुराकाओका गोलकिपर एलोय रुमले शानदार बचाउ गर्न पुगे ।
समूह चरणको प्रतिस्पर्धामा दुवै टोलीले पहिलो अंक जोड्दै अर्को चरणको सम्भावना कायम राखेका छन् ।