
महानगरीय ट्राफिक प्रहरी महाशाखाका ३ सय ७५ प्रहरीको बुधवार कोरोना परीक्षण हुने भएको छ ।
शुक्रवार ट्राफिक महाशाखाको ब्यारेकमा बस्ने २ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएपछि महाशाखा सिल गरिएको थियो ।
कोरोनाको संक्रमणपछि महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ढकालसहित ३ सय ७५ जनालाई महाशाखा भित्रै क्वारेन्टीनमा राखिएको छ ।
क्वारेन्टीनमा रहेका सबै जनाको नाम लिष्ट पठाइसकेको र बुधवार मात्रै कोरोना परीक्षण हुने महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए ।