०१ असार २०८३, सोमबार

कारागारबाट फरार कैदी पक्राउ

कारागारबाट फरार कैदी पक्राउ

भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले  पक्राउ गरेको छ ।

पूर्व नवलपरासीको रजहरमा हेटौंडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आइतवार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ । 

धामी चितवन बस्ने २१ वर्षीय रोजिन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए ।

सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

उनलाई आजै कारागार पठाइने जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्