
रुसको राजधानी मस्कोस्थित शेरेमेत्येभो विमानस्थलमा तेल बोकेको ट्यांकर एयरबस ए३२१ मा ठोकिएको छ ।
दुर्घटनामा कोही पनि घाइते भएका छैनन् तर विमान र ट्यांकर दुवैमा क्षति पुगेको छ ।
घटनास्थलमा दमकलहरू दौडाइएका थिए र विमानस्थलमा संकटकाल घोषणा गरिएको थियो । तर आगो बलेको खबर छैन ।
एयरोफ्लोट विमानले यात्रुहरू चढाइसकेको थिएन तर कृष्ण सागरमा रहेको सोचीतर्फ उड्न ठिक्क परेको थियो । त्यसलाई तत्कालै सेवाबाट हटाइएको थियो ।
तस्वीरहरूमा विमानको अग्रभागमा गम्भीर क्षति पुगेको र स्कानिया तेल ट्यांकरको छत कुच्चिएको देखिन्छ ।
‘
ट्यांकर र विमान दुवैमा क्षति पुगेको छ, कुनै हताहती छैन,’ विमानस्थल प्रवक्ताले बताए ।
घटनाको अनुसन्धान भइरहेको पनि उनको भनाइ छ ।