०२ असार २०८३, मंगलबार

कामनपा– १४ मालिकानगरमा खड्काको अध्यक्षतामा टोल सुधार समिति चयन

कामनपा– १४ मालिकानगरमा खड्काको अध्यक्षतामा टोल सुधार समिति चयन

काठमाडौं महानगरपालिका वडा नम्बर– १४ मालिकानगरमा टोल सुधार समितिको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिवार भएको भेलाले राजकुमार खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दिनेश रेग्मी, सचिवमा विष्णु भुसाल घिमिरे र कोषाध्यक्षमा हरिशरण खड्का छन् ।

यसैगरी सदस्यहरूमा डिल्लीराज ज्ञवाली, जनक रोकाया, चिरणज्योति पोखरेल, चन्द्रावती बस्नेत, पार्वती ढकाल, खिमा खनाल र अमला पाण्डे रहेका छन् ।

यस्तै सल्लाहकारतर्फ ताराकान्त पाण्डे, गौतमलाल रञ्जित, अमिर खड्का, विदुर पूरी र लोकराज रेग्मी रहेको कार्यसमिति सदस्य दिल्लीराज ज्ञवालीले जानकारी दिए ।

समितिले टोलवासीको हकहितका लागि विभिन्न कामहरू गर्ने सदस्य ज्ञवालीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्