०२ असार २०८३, मंगलबार

आक्षेप झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

आक्षेप झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ‘ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति असहमति  जनाएको छ ।  

‘कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावलीसहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'आफू अनुकूल कुनै पनि संस्थासँग सम्झौता गर्ने सङ्गठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमति व्यक्त गर्दछ ।'

salt training

कमेन्ट गर्नुहोस्