०२ असार २०८३, मंगलबार

बलिउडमा कमब्याक गर्दै मनीषा, नयाँ फिल्ममा अपनाइन् यस्तो लूक

कात्तिक २०, २०७४
बलिउडमा कमब्याक गर्दै मनीषा, नयाँ फिल्ममा अपनाइन् यस्तो लूक

काठमाडौं, २० वैशाख — सन् १९९० को दशकमा प्रसिद्ध रहेकी नायिका मनीषा कोइराला लामो समयपछि बलिउडमा कमब्याक गर्दैछिन् । इम्तियाज अलीकी असिस्टेन्ट सुनयना भटनागरको फिल्म डियर मायाबाट उनले कमब्याक गर्न लागेकी हुन् ।


हालै फिल्मको टीजर आएको थियो जसमा मनीषाको लूक देखेर छक्क परिन्छ । फिल्ममा उनी निकै वृद्धा महिलाको भूमिकामा देखिँदैछिन् ।

यसबाहेक मनीषा सञ्जय दत्तको बायोपिकमा पनि देखापर्दैछिन् । फिल्ममा उनी सञ्जयकी आमा नरगिसको भूमिकामा छिन् ।

सन् २०१२ मा ओभेरियन क्यान्सर भएपछि मनीषाले अमेरिका गएर ६ महिना उपचार गराएकी थिइन् ।

सौदागर फिल्मबाट बलिउड करीयर शुरु गरेकी मनीषाको १९४२ः अ लभ स्टोरी र बम्बे जस्ता फिल्म सफल भएका थिए ।

केमियोथेरापी गराएपछि लूकका विषयमा चिन्तित हुनुहुन्थ्यो कि भनी सोधिएको प्रश्नमा मनीषाले भनिन्, ‘मेरो कपाल झरेको त मलाई थाहा थियो तर आफ्नो लूक्सका विषयमा म निश्चित थिइनँ ।’

मनीषाका अनुसार क्यान्सर जस्तो रोगसँग लडेपछि लूकमा त्यसै पनि परिवर्तन आउँछ । क्यान्सरसँग लड्का लागि आफू मानसिक रूपमा तयार भएको र परिवारले पूर्ण सहायता गरेको समेत उनले बताइन् ।

सन् २०१३ मा मनीषा क्यान्सरमुक्त भएकी थिइन् ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्