२८ असार २०८३, आइतबार

काठमाडौंमा मेयरका अनौठा उम्मेदवारः जोगीदेखि चण्डीमातासम्म

कात्तिक २०, २०७४
काठमाडौंमा मेयरका अनौठा उम्मेदवारः जोगीदेखि चण्डीमातासम्म

काठमाडौं, १९ वैशाख – काठमाडौं महानगरपालिकाको मेयरका लागि थरीथरीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । भावी मेयरका लागि उम्मेदवारी दर्ता गराउनेमा चण्डीमातादेखि रेस्लर हिमालय टाइगरसम्म छन् ।

महानगरपालिकको आसन्न निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नं. ६ की ज्ञानुमायाँ तामाङ उर्फ ज्वालादेवी चण्डीमाताले मंगलवार मनोनयन दर्ता गराएकी छिन् । उर्मिला मानन्धर प्रस्ताव र पूर्णदेवी मानन्धरको समर्थनमा उनले उम्मेदवारी दिएकी हुन् । मंगलवार निर्वाचन कार्यालय पुगेर उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा एक बलिष्ट रेस्ट्लरले पनि उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ३ का भरतबहादुर विसुराल उर्फ हिमालय टाइगरले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सुसान्त श्रेष्ठ ‘नरदेवी’को प्रस्ताव र रविन्द्र प्रजापतिको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । अघिल्लो संविधानसभा चुनाव २०७० मा काठमाडौं क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले यसपटक पनि उम्मेदवारी दिएका हुन् । यसअघि २०४८ सालको चुनावमा उनी ४ क्षेत्रबाट उम्मेदवार उठेका थिए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाकै मेयरमा ६९ वर्षीय विनोदकुमार क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् । जोगीसमेत रहेका उनले मंगलवार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए । उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

यसपटकको काठमाडौं महानगरपालिकाको निर्वाचनमा विवेकशिल नेपालीका तर्फबाट सबैभन्दा कान्छी उम्मेदवार रञ्जु दर्शना र झण्डै ३ दशक प्रशासन सेवामा विताएका किशोर थापासम्मले उम्मेदवारी दिएका छन् ।
यो पनि पढ्नुहोस् :
राजधानी शहर काठमाडौंको मेयरका लागि १९ जनाको उम्मेदवारी
फोटो स्रोत :चन्द्रमणि भट्टराई

salt training

कमेन्ट गर्नुहोस्