
काठमाडाैं, ८ पुस- जर्मनीको राजधानी वर्लिनको भीडमा ट्रक कुदाउने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको छ ।
इटालीको गृह मन्त्रालयका अनुसार ट्यूनीशियाली शरणार्थी अनीस आमरीलाई गोली हानिएको हो ।
रिपोर्टहरुका अनुसार प्रहरीले मिलानको सेस्ट्रो जियोवानी क्षेत्रमा प्रहरी गस्तीका क्रममा उनको पहिचान गरिएको थियो ।
जर्मनीको केन्द्रीय प्रहरीले अनीस आमरी को दुई तस्वीर जारी गरेको थियो ।
जर्मनीको राजधानी बर्लिनको एक व्यस्त क्रिसमस बजारमा आमरीले ट्रक कुदाउँदा १२ जनाको मृत्यु भएको थियो भने ४९ मानिस घाइते भएका थिए ।
हमलामा प्रयोग गरिएको ट्रकमा पोल्याण्डको नम्बर थियो । ट्रकको क्याविनमा आरोपी अनीस आमरीको ‘फिङगरप्रिन्ट’ पाइएको थियो ।