२७ असार २०८३, शनिबार

यी हुन् ८३ महिलाको हत्या गर्ने रुसका सबभन्दा खतरनाक सिरियल किलर (भिडियो)

कात्तिक १६, २०७७
यी हुन् ८३ महिलाको हत्या गर्ने रुसका सबभन्दा खतरनाक सिरियल किलर (भिडियो)

रुसका सबभन्दा खतरनाक सिरियल किलर मिखाइल पोपकोभले ८३ जना महिलाको हत्या गरेको कबुल गरेका छन् । 
 

पूर्वप्रहरी पोपकोभ अहिले मोर्दोभियास्थित पिनल कोलोनी (दण्ड दिन बनाइएको ठाउँ) मा आजीवन कारावासको सजाय काटिरहेका छन् । उनले हत्या गरेका अनेकौं महिलालाई बलात्कार पनि गरेका थिए । 
आफूले गरेको कामका लागि पश्चात्ताप लागेको उनी बताउँछन् । 

उनले १०० भन्दा बढी वा अझ लगभग २०० जनालाई मारेको हुनसक्ने विश्वास प्रहरीले गरेको छ । 

आजीवन कारावासका विषयमा कुरा गर्दै उनले मृत्युदण्ड नै पाएको भए हुन्थ्यो भने । 

‘मैले पश्चात्ताप गर्नुपर्ने थुप्रै कारण छन् । मैले यस्ता जघन्य अपराध नगरेको भए हुन्थ्यो,’ उनले स्थानीय न्युज वेबसाइट भेस्ती इर्कुत्स्कलाई बताए । 

‘पश्चात्ताप गर्नु कुनै पनि व्यक्तिको प्राकृतिक इच्छा हो । मैले सोच्नका लागि टन्नै समय पाएँ ।’
 

पोपकोभले कतिजना महिला मारेको भन्ने कुरा खुलाउन चाहेनन् । 

मैले मरेका मानिसको संख्या गनिनँ,’ उनले भने । 
 

पोपकोभले राति एक्लै हिँडिरहेका महिलालाई प्रहरीको गाडीमा राखेर लग्ने गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्