०३ असार २०८३, बुधबार

वडा कर्मचारीको यत्रो हिम्मत ! ४ लाख घूस खाए यी वडा सचिव र कार्यालय सहयोगीले

कात्तिक २०, २०७४
वडा कर्मचारीको यत्रो हिम्मत ! ४ लाख घूस खाए यी वडा सचिव र कार्यालय सहयोगीले

काठमाडौं, २० वैशाख –रसुवाको नौकुण्ड गाउँपालिकाका एक गाविस सचिव र कार्यालय सहयोगी ४ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । नौकुण्ड गाउँपालिका वडां नम्वर १ र २ को कार्यालयको संयुक्त जिम्मेवारी लिँदै आएका वडा सचिव राजेन्द्र कुमार आचार्य र कार्यालय सहयोगी (करार)श्लोक लामा सेवाग्राहीबाट घूस लिँदै गर्दा पक्राउ परेका हुन् ।

स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिने प्रयोजनका लागि आवश्यक पर्ने सिफारिसका लागि घूस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरूलाई पक्राउ गरेको हो ।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले वडा सचिव राजेन्द्र कुमार आचार्यलाई एक लाख तिस हजार रुपैयाँ र कार्यालय सहयोगी श्लोक लामालाई तिन लाख बिस हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा धुन्चे स्थित गोसाईकुण्ड गाँउपालिकाबाट रकमसहित नियन्त्रणमा लिएको हो । उनिहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्