काठमाडौं, २० वैशाख - राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाका मन्त्रीहरुको राजिनामा बुझाएका छन् । राप्रपाले चार दिन अघि सरकारबाट बाहिरिने बताएको थियो । प्रधानन्यायधीश विरुद्ध महाअभियोगको दर्ता भएपछि उसले सरकारबाट बाहिरिने घोषणा गरेको थियो ।