
डोल्पा, २० वैशाख– वैशाख ३१ का लागि तोकिएको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
पहिलो चरणमा हुने निर्वाचनका लागि भएको उम्मेदवारी दर्तामा उत्साहपूर्ण सहभागिता रहेको थियो ।
उम्मेदवारी दर्ताका क्रममा केही गाउँपालिकामा भने एक जनाको मात्र उम्मेदवारी परेको छ जसका कारण उम्मेदवारहरु निर्वाचन अघि नै जनप्रतिधिमा छानिएका छन् ।
डोल्पा जिल्लाको दुई निर्वाचन क्षेत्र अन्तर्गतका दुई गाउँ पालिकामा नेकपा एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
डोल्पाका शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा गाउँपालिकाको प्रमुखमा एक एक जनाको मात्र परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
शे–फोक्सुण्डोमा एमालेका तसी तुण्डुक गुरुङ तथा डोल्पो बुद्ध गाउँपालिकामा एमालेका लंकबहादुर रोकाय निर्विरोध निर्वाचित एका जिल्ला निर्वाचन अधिकृत रामबहादुर बुढाले बताए ।
उनले धेरै उम्मेदवार निर्विरोध निर्वाचित भएको भएपनि एकिन तथ्यांक भने आइनसकेको बताए । भौगोलिक विकटताका कारण उम्मेदवारी दर्ताको विवरण संकल गर्न असहज भएको उनले बताए ।