०८ साउन २०८३, शुक्रबार

महाअभियोगबारे छलफल नगरेका कारण सरकार छोड्यौंः दिलनाथ गिरी

कात्तिक २०, २०७४
महाअभियोगबारे छलफल नगरेका कारण सरकार छोड्यौंः दिलनाथ गिरी

काठमाडौं, २० वैशाख– राप्रपाका प्रमुख सचेतक एवम् निवर्तमान पर्यटनमन्त्री दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारे ।

राजधानीमा आयोजित एक कार्यक्रममा गिरीले भने,‘मुलुकको निकासको लागि ल्याईएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौं, हामी सरकारमा नभएपनि हाम्रो पूर्ववर्ती निर्णय यथावत छ।’

गिरीले सरकारका प्रमुख घटक काँग्रेस र माओवादी केन्द्रले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोखे । उनले भने,‘हाम्रो पार्टी यो सरकारको तेस्रो ठूलो घटक थियो, तर महाअभियोग ल्याउनेबारे हामीसँग कुनै छलफल नै गरिएन, यो प्रस्ताव गैरसंवैधानिक र अप्रजातान्त्रिक छ, हामी विपक्षमा मतदान गछौं, पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेपछि सरकारमा बसिरहनुको कुनै औचित्य हुँदैन्थ्यो।’ उनले स्वतन्त्र न्यायापालिकामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु दुःखद भएको टिप्पणी गरे ।

उनले दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यो निर्वाचन प्रजातन्त्रलाई बलियो बनाउनको लागि पनि अनिवार्य रहेको कुरा आफ्नो पार्टीले विगतदेखि नै पटक पटक रुपमा आवाज उठाउँदै आएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले निर्वाचनको पक्षमा सडक र सदन दुवैमा कुरा उठाएका थियौं।’

उनले यसपटकको निर्वाचन विगतको जस्तो नभएको उल्लेख गर्दै सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन पनि यो महत्वपूर्ण हुने तर्क गरे । गिरीले तोकिएकै मितिमा निवाृचन हुनुपर्छ भन्दै राप्रपा चुनावमा उत्साहजनक रुपमा सहभागी भैरहेको स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्