२२ जेठ २०८३, शुक्रबार

काखबाट तातो पानीमा झर्दा बालकको मृत्यु

कात्तिक २०, २०७४
काखबाट तातो पानीमा झर्दा बालकको मृत्यु

इनरुवा, २० वैशाख– सुनसरी कोसी गाउँपालिका– ३ मा तातो पानीमा परी आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोसी गाउँपालिका ३ का जियाउदीन अन्सारीका सात महिने छोरा नसिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी हरिनगरा गाउँपालिका– ७ मामाघरमा बच्चा लिएर गएको बेला काखमा बच्चा लिई चिउरा बनाउनका लागि धान तयारी गर्ने बेलामा बच्चा काखबाट तातो पानीमा झर्दा बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्