२७ जेठ २०८३, बुधबार

विद्यालयलाई सात दिन बिदा दिने व्यवस्था मिलाउन आयोगको अनुरोध

कात्तिक २०, २०७४
विद्यालयलाई सात दिन बिदा दिने व्यवस्था मिलाउन आयोगको अनुरोध

काठमाडौँ, २० वैशाख - निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने प्रदेशका विद्यालयलाई यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ ।election-lokaantar-1

आयोगको आज बसेको बैठकले पहिलो चरणको निर्वाचनलाई दृष्टिगत गरी प्रदेश नं ३, ४ र ६ का सबै विद्यालयलाई सात दिन र मतदान हुने वैशाख ३१ गतेका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको अधिकांश मतदानस्थल र मतदान केन्द्र विद्यालयमै कायम गरिएकाले निर्वाचनको तयारीका सिलसिलामा विद्यालयको पठनपाठन सात दिन रोक्नु परेको हो ।

बीस वर्षपछि स्थानीय सरकार गठनका लागि हुन लागेको स्थानीय तहको निर्वाचनको महाअभियानलाई सफल तुल्याउन सबै क्षेत्र, तह र तप्काबाट सहयोग हुने आयोगले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्