२४ जेठ २०८३, आइतबार

सिटी एक्सप्रेस र एन्जाज साउदी द्वारा 'हरेक कारोबारमा आकर्षक उपहार' बिजेता घोषणा

सिटी एक्सप्रेस र एन्जाज साउदी द्वारा 'हरेक कारोबारमा आकर्षक उपहार' बिजेता घोषणा

      
सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीको​ एन्जाज-बैंक अल बिलादसँगको सहकार्यमा ल्याएको 'हरेक कारोबारमा आकर्षक उपहार' योजनामा बिजेताहरूको नाम घोषणा गरेको छ । 

साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । 

यस  कोभिड १९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २००० साउदी रियाल प्राप्त गरेका छन् ।

यो योजना जन्वरी ३०,२०२० देखी अप्रिल ३०, २०२० (३ महिना) सम्म चलेको थियो । जस अन्तर्गत योजना अवधि भर ४५ जना बिजेताहरुले सिटी म्याक्स सपिङ भौउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । 

              
 

salt training

कमेन्ट गर्नुहोस्