१२ असार २०८३, शुक्रबार

सरकारले भन्यो– मन्दिरमा नित्य पूजा मात्र, चाडबाड पनि परिवारका सदस्यका बीचमा मात्र सीमित

सरकारले भन्यो– मन्दिरमा नित्य पूजा मात्र, चाडबाड पनि परिवारका सदस्यका बीचमा मात्र सीमित

सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्दिर र धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधि गर्न नदिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले साउन ५ गतेको आदेशमा संशोधन र थपघट गर्दै मन्दिरमा नित्यपूजा मात्र गर्ने निर्णय गरेको हो । 

सरकारले चाडपर्व आ–आफ्ना परिवारका सदस्यको बीचमा मात्र मनाउन दिने निर्णय पनि गरेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मंगलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराए ।

सरकारले होटल रेस्टुरा सञ्चालनसम्बन्धी यसअघिको निर्णय परिवर्तन गरी त्यहाँबाट खाना तथा खाजा लगेर मात्र खान पाउने व्यवस्था गरेको छ ।

होटलमा भीडभाड बढेर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाबाट अन्य जिल्लामा अत्यावश्यकबाहेकका सवारी साधनहरू आवतजावत गर्न नदिने निर्णय पनि गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्