०७ साउन २०८३, बिहीबार

प्रख्यात कवि राहत इन्दौरी रहेनन्

साउन २७, २०७७
प्रख्यात कवि राहत इन्दौरी रहेनन्

भारतका प्रख्यात उर्दु कवि राहत इन्दौरीको ७० वर्षको उमेरमा निधन भएको छ। 

कोरोना संक्रमित समेत रहेका उनको मध्य प्रदेशमा मंगलबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनमा सोमबार कोरोना संक्रमण  पुष्टि भएको थियो।

इन्दौरका आरबिन्दो अस्पतालका डाक्टर विनोदी भण्डारीले  इन्दाेरीलाई मंगलबार दुई पटक हृदयाघात भएको बताएकाे समाचार एएनआईले उल्लेख गरेकाे छ। उनी निमोनियाबाट पनि पीडित थिए।

इन्दौरीको जन्म १ जनवरी १९५० मा भएको थियो। उनी लामो समयदेखि मुशायरा तथा कवि सम्मेलनमा आफ्नो कविता, शायरी सुनाउथे। उनका शायरी खुबै चर्चित छन्।
इन्दौरीले बलिउडका विभिन्न फिल्मका लागि पनि केही गीत लेखेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्