२७ जेठ २०८३, बुधबार

चुनावको मुखमा उपत्यकाबाट गुन्डाहरु धमाधम पक्राउ, अहिलेसम्म को -को समातिए ?

कात्तिक २०, २०७४
चुनावको मुखमा उपत्यकाबाट गुन्डाहरु धमाधम पक्राउ, अहिलेसम्म को -को समातिए  ?
काठमाडौं, २१ बैशाख केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरूलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।don
उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ । महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन् ।

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ । महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ । उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् । पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ । उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्