२७ असार २०८३, शनिबार

पत्नीसँग आजित भएर पतिले गरे आत्महत्या

साउन २८, २०७७
पत्नीसँग आजित भएर पतिले गरे आत्महत्या

भारतको गुजरातस्थित मणिनगरमा एक पतिले आफ्नी पत्नीसँग शारीरिक सम्भोग गर्न नपाएपछि आत्महत्या गरेको खबर द टाइम्स अफ इन्डियाले दिएको छ । आत्महत्याका लागि भड्काएको आरोपमा पत्नीलाई पक्राउ गरिएको छ । 

सुन्दर सिंह परमार नामक व्यक्तिले आत्महत्या गरेका हुन् । उनकी आमा मुलीले उजुरी दर्ता गरेपछि गीता परमारलाई प्रहरीले पक्राउ गरेको हो । 

गीताले सुन्दरसँग विवाह गरेको २२ महिनासम्म सम्भोग नगरेको मुलीको दाबी छ । 

यौनको अभावमा छोरालाई मानसिक तनाव भएको र वैवाहिक सम्बन्ध पनि बिग्रेको मुली बताउँछिन् । 

उनीहरू छुट्टाछुट्टै खाटमा सुत्ने गरेको मुलीले पत्ता लगाएकी थिइन् । 

गीताले पतिसँग सम्भोग नगर्ने भनी प्रतिज्ञा गरेको मुलीको दाबी छ । 

त्यसपछि सुन्दरसिंह लगातार तनावमा परेको मुली बताउँछिन् । 

उनीहरूको वैवाहिक जीवन अस्तव्यस्त भयो । उनीहरूले झगडा गरिरहन थालेपछि गीता माइत गएर बसिन् । 

जुलाई २७ मा सुन्दरसिंहले घरैमा आत्महत्या गरेका हुन् । 

सन् २०१८ मा सुन्दरले गीतालाई विवाह गरेका हुन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 

कमेन्ट गर्नुहोस्