
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ८४ मा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएको र त्यसमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ रहेको छ भने हालसम्म १६ हजार ७ सय २८ कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् ।