२४ जेठ २०८३, आइतबार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ को मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण हिजो र आज गरेर ८ जनाको मृत्यु भएको जनाएका हुन् ।

उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला,, धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षीय पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्