२७ असार २०८३, शनिबार

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ४६ हजारको मृत्यु

साउन २८, २०७७
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ४६ हजारको मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

 विश्वभर दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकमा अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुक छन्। 

अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार तथा कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन्।

कोरोनाको संक्रमणबाट मृत्यु भएका नागरिक पनि अमेरिकामा सबैभन्दा बढी छन्। पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्