
दक्षिण कोरिया र मलेसियामा अलपत्र परेका २ सय ८३ नेपाली बुधबार स्वदेश फिर्केका छन्।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार दक्षिण कोरियाबाट २ सय ४७ र मलेसियाबाट ३६ नेपाली स्वदेश फर्किका हुन्।
स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत पहिलो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको थियो। अन्तर्राष्ट्रिय उडान रोक लगाइएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई गत जेठ महिनादेखि चार्टड उडानमार्फत स्वदेश फर्काउन थालिएको थियो।