
मान्छे र पशुपन्छीबीच गहिरो सम्बन्ध छ। तर, भारतको तमिलनाडुमा रहेको शिवगंगा जिल्लामा अनौंठो भयाे।
शिवगंगा जिल्लाको पोथाकुडी गाउँका मान्छे करीब ३५ दिनसम्म अध्यारोमा रहे। कारण हो, एउटा चरा र गुँड।
गाउँको स्ट्रीट लाइट स्विचबोर्डबाट चल्थ्यो, त्यसमा चराले गुँड बनाएर अन्डा पार्यो। गाउँका एक व्यक्ति जब लाइट जलाउन गए, तब स्विचबोर्ड माथि गुँडमा अन्डा देखे।
स्वीचबोर्ड चलाउदा अन्डा फुट्ने खतरा रह्यो। यो गाउँमा ३५ स्ट्रीटलाइट लगाइएको छ। ती लाइटको एउटा मुख्य स्विचबोर्ड छ।
स्विच बोर्ड करुप्पूराजा नामका एक व्यक्तिको घर अगाडि छ।
रात परेपछि उनी हरेक दिन स्विचबोर्ड चालू गर्थे। जसबाट गाउँभर लाइट जल्थ्यो।
करुप्पूराजाले गुँडको फोटो ह्वाट्सएप ग्रुपमा शेयर गरे।
गाउँको पञ्चायत अध्यक्षले एउटा फैसला लिए जबसम्म चराले अन्डा कोरलेर बचरा निकाल्दैन तबसम्म स्ट्रीट लाइट नजलाउने। यसकारण पोथाकुडी गाउँमा ३५ दिनसम्म स्ट्रीट लाइट जलाइयो। अब चरा र उनका बचेरा गुँडमा छैनन्। उनीहरु सुरक्षित छन्।