
सरकारले अग्रपंक्तिमा खटिने चिकित्सकसहित स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गरी स्वास्थ्यकर्मीलाई संक्रमणबाट जाेगाउन पिसिआर विधिबाट अनिवार्य परीक्षण गर्न भनिएकाे हाे।
